अख्तियारद्वारा उपकुलपति रौनियारविरुद्ध मुद्दा दायर, १ करोड २८ लाख बिगो माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

अख्तियारद्वारा उपकुलपति रौनियारविरुद्ध मुद्दा दायर, १ करोड २८ लाख बिगो माग

सुनसरी, १९ साउन । सुनसरीको धरानस्थित बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतवार रौनियारले १ करोड २८ लाख घुस लिएको प्रमाण सहित भ्रष्टाचार मुद्धा दायर गरेको हो । आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले रौनियारसहित उनका भतिजा रामहरीलाई सेवाग्राहीबाट घुस लिईसकेको अवस्थामा गत असार अन्तिम साता पक्राउ गरेको थियो ।

रौनियारले प्रतिष्ठानमा होस्टल तथा फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक पटक गरी १ करोड २८ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । रौनियारले होस्टल र फार्मेसी भवन ठेक्कामा लिने श्यामसुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकसँग भवन निर्माणको मोविलाइजेसन रकमको भुक्तानी दिँदा कमिसन वापत घुस लिएको अडियोसहित आयोगमा उजुरी परेको थियो ।

यस्तै भवन निर्माणको बिल भुक्तानीका लागि ठेकदार कम्पनीका ब्यक्तिलाई बोलाई ८ लाख रुपैयाँ घुस मागेको उजुरीपछि अख्तियार टोलीले रौनियार र प्रतिष्ठानमै कार्यरत उनका भतिज डाक्टर रामहरिलाई घुससहित पक्राउ गरेको हो । आयोगले रौनियारविरुद्ध १ करोड २८ लाख र उनका भतिजा रामहरिविरुद्ध ८ लाख रुपैयाँ विगो माग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);