एजेन्सी, १६ साउन । आउडी कपको फाइनल जित्दै टोटनह्यामले प्रि–सिजन भ्रमण सम्पन्न गरेको छ ।
प्रि सिजन टूर अन्तर्गत जर्मनीको म्युनिखमा भएको आउडी कपको फाइनलमा टोटनह्यामले बार्यन म्युनिखलाई पेनाल्टीमा पराजित गरेको हो । निर्धारित समयको खेलमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । एरिक लामेला र क्रिष्टियन एरिक्सनले गोल गरेपछि टोटनह्यामले २–० को अग्रता लिएको थियो । बार्यन त्यसपछि खेलमा फर्कियो । उसका लागि किशोर खेलाडी ज्यान–फिइते अर्प र अलफोन्सो डेविसले गोल गरेका हुन् । तर पेनाल्टीमा पाउलो गाजानिगाले डेविड अलाबा र जेरोमी बोएट्याङ्गको प्रहार रोके ।




