सित्तैमा फेरी फेरी लुगा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सित्तैमा फेरी फेरी लुगा

free kapada

 काठमाडौं, १५ साउन । ‘ह्यापी क्लब’ले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई पनि सित्तैमा फेरी फेरी लुगाफाटो लगाउन पाउने अवसर दिने भएको छ । ‘माया बाँडौँ खुसी बढाऔँ’ भन्ने विश्वासका साथ क्लबले यस्तो अवसर जुटाएको हो ।

यस कार्यका लागि क्लबका अध्यक्ष तथा मनोविश्लेषक बासु आचार्य लागिपर्नुभएको छ । यही शनिबारदेखि तीनकुनेमा सञ्चालनमा आउने ‘गरिब तथा असहायले कपडा तथा जुत्ता रोजेर निःशुल्क लैजाने’ कार्यको सेवा सुरु गर्ने जानकारी आचार्यले दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले लुगा सङ्कलन भइरहेको छ । आवश्यक परेका व्यक्तिहरूलाई हामीले नै खोजेर दिने गरेका छौँ । अब भने एउटा स्टल खोलेर लुगा राख्ने तयारीमा छौँ । ’’

आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूले पनि लुगाफाटो फेरी फेरी लगाउन सकून् तथा कुनै पनि सामानको पुनः प्रयोग गर्दा वातावरण राम्रो हुन्छ भन्ने उद्देश्यका साथ उक्त काम थालनी गरिएको हो । आचार्यले थप्नुभयो, ‘‘हामीसँग भएका सामानहरू पुरानो भए पनि पुनः प्रयोग गर्न मिल्ने तथा वातावरणलाई सुहाउँदो खालका छन् । सामानहरू लिएर आएपछि पहिले धोएर, आइरन लगाएर प्रदान गर्ने छौँ । ’’ तीनकुनेमा सञ्चालनमा ल्याएपछि पशुपतिमा पनि स्टोर राख्ने योजना रहेको जानकारी दिँदै उहाँले सातै प्रदेशका प्रमुख सहरमा यस्तो सुविधा विस्तार गर्ने बताउनुभयो ।

यस सेवाबापत कपडादातालाई क्लबले धन्यवाद पत्र प्रदान गर्ने र कपडा लैजाने असहाय दाजुभाइ, दिदी–बहिनीलाई धन्यवादसहितको एक फोन गराउने पनि क्लबले जनाएको छ । आचार्यले भन्नुभयो, ‘‘सबै पुराना सामान हामीलाई साथीभाइले अनुदान दिनुभएको छ, जसमा तन्ना, साडी, खेलौनालगायतका राम्रा सामान पनि छन् । ‘हन्ड्रेड ग्रुप’ नामक फेसबुक समूहका युवाले पनि अनामनगरमा पुरानो कपडाको ‘बैङ्क’ राखेर सो कार्यको थालनी गरेका छन् । अनाथ तथा गरिब व्यक्तिले त्यस्ता कपडा सित्तैमा लिएर जाने गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);