'अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा सम्बन्धमा सरकारको ध्यानाकर्षण' | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

‘अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा सम्बन्धमा सरकारको ध्यानाकर्षण’

thammaya thapa

काठमाडौं, १२ साउन । राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभा सदस्यहरु प्रकाश पन्थ, जितेन्द्र नारायण देव, बद्री प्रसाद पाण्डे र अनिता देवकोटाले संयुक्त रुपमा अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा सम्बन्धी ध्यानाकर्षण प्रस्ताव दर्ता गराउदै अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रस्तावकको तर्फबाट आईतबारको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाको सम्बन्धमा कानुनमा व्यवस्था भए बमोजिम तथा सर्वोच्चले गरेको आदेश बमोजिम सरकारले आवश्यक व्यवस्था नगरेकाले सरकारको ध्यानाकर्षण गराईएको बताउनुभयो ।।

ध्यानाकर्षण प्रस्तावमाथि जवाफ दिदै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले अपाङ्गता सम्बन्धी ऐन अनुसार नियमावलि, निर्देशिका बनाउने काम भईरहेकाले पुर्णता पाउने वित्तिकै ठोस कार्यक्रम बनाई कार्यान्वयनलाई प्रभावकारी बनाईने स्पष्ट पार्नुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिका लागि दिईने परिचयपत्र वितरणको कार्यलाई स्थानीय सरकारबाट नै संञ्चालन गर्ने गरि व्यवस्था गर्नुपर्ने भएकाले केन्द्रीय सरकारले सोही अनुसारको तयारी गरेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);