निणर्य गरेर कार्यान्वयन गर्न नसक्ने प्रवृतिले सरकार तिव्र आलोचनाको घेरामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निणर्य गरेर कार्यान्वयन गर्न नसक्ने प्रवृतिले सरकार तिव्र आलोचनाको घेरामा

PM oli

सीता शर्मा

काठमाडौं, १२ साउन । वर्तमान दुई तिहाईको सरकारबाट तिव्र जनअपेक्षा थियो साथै नेकपाको लोकप्रिय चुनावी घोषणा पत्रले पनि सरकारले गतिलिनेमा शंका गरिएको थिएन । तर निणर्य गर्ने अनि कार्यान्वयन गर्न नसक्ने प्रवृतिले सरकार तिव्र आलोचनाको घेरामा परिरहेको छ । आफ्नै निणर्यमा अडिग नदेखिएको सरकारका कमजोरी एकपछि अर्काे हुँदै बढीरहेको छन् । यस्तो अवस्था आउनुमा कतिपयले सरकारको दम्भलाई प्रमुख कारण देखेका छन् भने कतिपयले सरकार भित्रै आन्तरीक समन्वय नहुनुलाई प्रमुख समस्या मानेका छन् ।

दुई तिहाईको बलियो स्थायी सरकार भएर पनि आशातित काम गर्न नसकेको बर्तमान सरकार सत्तामा पुगेदेखि नै आलोचनाको घेरामा छ । त्यसमा पनि आफैले गरेको निणर्य कार्यान्वयन गर्न नसक्नुले सरकारका कामकारबाहिलाई फितलो बनाइरहेको छ । जनअपेक्षा र पार्टीको घोषणापत्र अनुरुप काम गर्ने अवसर प्राप्त हुँदा पनि सरकारले आफ्नो कामकारबाहिको नयाँ स्पष्ट खाका बनाउन र ल्याउन सकेको छैन । लोकप्रिय निणर्य गर्ने तर कार्यान्वयमा लैजान नसक्ने बर्तमान सरकारको प्रवृतिले सरकार, आम सर्वसाधारणदेखि विज्ञहरुको आलोचनाको तारो बनीरहेको छ ।

यातायातमा सिण्डीकेटको अन्त्य,विवादित एसिया प्यासीफिक सम्मेलन, सुन काण्ड, गैरसरकारी संस्थामाथि गर्ने भनिएको कडाई, साथै विधेयककै पिच्छे विवाद र पछिल्लो समय भारतबाट आयात हुने फलफुल र तरकारीमा विषादी परिक्षण गर्ने निणर्य फिर्ता लिनु सरकारको अलोकप्रियताको आधार बनेको छ । जसले सरकार जनताप्रति उत्तरदायी नभएर दुई तिहाईको दम्भका आधारमा निणर्य गर्ने र फिर्ता गर्ने अवस्था आएको विश्लेषण गरिएको छ ।

आमसर्वसाधारण र बुद्धिजिवी वर्गबाट मात्र होइन स्वयंम सत्तारुढ दलका नेता कार्यकर्ताहरु पनि सरकारको काम कारबाहीप्रति चित्त बुझाउन सकिरहेका छैनन् । सत्तारुढ दलकै नेताहरुबाट सरकारले गरेका अपरिपक्व निणर्यलाई लिएर विरोधका स्वरहरु आइरहेका छन् तर पनि सरकार सुधारको बाटोमा अघि बढेको देखिंदैन । प्रधानमन्त्रीले मन्त्री र मन्त्रीले कर्मचारीलाई देखाएर आफ्नो गल्ति ढाक छोपमा लागि रहँदा सरकार जवाफदेही बन्न नसकेको देखिन्छ ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सरकारको काम कारबाही प्रभावकारी नहुनमा अपरिपक्क पार्टी एकतालाई प्रमुख मान्छन् । पार्टी एकता बलियो हुन नसक्दा सरकार पनि विवादीत बनेको हुनाले अब सरकारका निणर्यमा पार्टी सक्रिय रुपमा लाग्ने र सरकारमा रहेका व्यक्तिको मुल्याङक गर्ने बेला आएको उहाँको भनाई छ ।

कमजोर प्रतिपक्षका बिच दुई तिहाईको शक्तिशाली सरकारलाई हरेक निर्णय र काम गर्न सहज छ तर पनि सरकार यति कमजोर किन भयो भन्ने प्रश्न आम बृद्धिजिवी र सरोकारवालाहरुमा रहेको छ । सरोकारवालाहरुलाई वेवास्ता गरी कानुन र विधेयक बनाउने अनि हचुवाका भरमा गरीने सरकारको निणर्यले जनतामा निराशा छाएको छ । पाँच वर्षको लागि सरकार संचालनको जिम्मेवारी पाएका प्रधानमन्त्री र मन्त्रीले एक अर्कामा दोष थोपरेर आफु उम्कनु बाटो खोज्नु भन्दा आफ्ना निणर्यहरुलाई बलियो बनाएर त्यसलाई कार्यान्वयनमा लैजानु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);