पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछी तनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछी तनाव

पोखरा, ११ साउन । पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उनका आफन्त र अस्पतालबीच तनाव सृजना भएको छ ।

चिकित्सकको लापरबाहीका कारण अस्पतालमा सुत्केरी हुनका लागि आएकी ३३ बर्षीया निशाकुमारी थापाको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेपछि पश्चिमाञ्चल अस्पतालमा तनाव सिर्जना भएको हो ।

बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्दुकी थापाको मृत्यु पछि आफन्त र प्रहरी विच झडप हुँदा सात जना घाइते भएका छन् ।

सुत्केरी हुँदा उच्च रक्तस्राव भएको भएपनि चिकित्सकहरुको बेवास्ताका कारण सुत्केरीको मृत्यु भएको मृतकका आफन्तको भनाई रहेको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै अस्पतालमा नारावाजी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);