पोखराको विजयपुर खोलामा निर्माणाधिन बेलीब्रिज ८४ दिनमा निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पोखराको विजयपुर खोलामा निर्माणाधिन बेलीब्रिज ८४ दिनमा निर्माण सम्पन्न

पोखरा, ११ साउन । पोखरा महानगरपालिका वडा नं. १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणाधिन बेलीब्रिज ८४ दिनमा निर्माण सम्पन्न भएको छ ।

बैशाख २२ गते बाट निर्माण कार्य शूरु गरिएको पुल निर्माण कार्य साउन ११ मा सम्पन्न भएको छ । सोही ठाउँमा निर्माण भएको स्टिल ब्रिज सञ्चालनमा आएको एक दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज निर्माण गरिएको हो ।

बेलिब्रिज अस्थायी प्रकृतिको पुल हो । यो बेलीव्रिज पाँच बर्षसम्म सञ्चालन गर्न सकिने बताइएको छ । पाँच बर्ष भनेपनि ८ देखि १० बर्षसम्म बेलिबिज्र प्रयोग गर्न सकिने जनाइएको छ ।

विजयपुरमा निर्माण भएको बेलिव्रिज २ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज हो । पुलको भारबहन क्षमता भने ७० टन हुने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);