प्रधानमन्त्रीसँग ‘रअ’का प्रमुखको भेट भएकाे छैन : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्रीसँग ‘रअ’का प्रमुखको भेट भएकाे छैन : सञ्चारमन्त्री

gokul baskota

काठमाडौं, १० साउन । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेटघाट नभएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रअ’ प्रमुखसँग भेट नगरे पनि मूलधारका सञ्चार माध्यमले भेट गरेझैं गरी हल्ला फैलाएको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेट्नुभएको छैन । मिडियाले हल्ला फैलाएको मात्रै हो,’ उनले भने, ‘मूलधारका मिडिया कुइरी मण्डलको खेतीमा नरुमलिउँ ।’

प्रधानमन्त्रीले भारतका एक कर्मचारीसँग भेट गरिराख्नुपर्ने आवश्यकता नभएको उनले बताए । ‘नेपाल सुन्दर देश छ, पशुपति छ । यहाँ घुम्न मान्छेहरू आइराख्छन्,’ उनले भने, ‘रअको प्रमुखलाई भेटेर कोही पनि रअका पक्षका हुँदैनन् होला नि होइन त ? फेरि किन कर्मचारीलाई भेटिराख्ने ?’

कसैले भेटेको भए पनि कूटनीतिक मर्यादाअनुसार नै भेट गर्नुपर्ने उनले बताए ।

यस्तै एक अर्को प्रसंगमा बोल्दै मन्त्री बाँस्कोटाले जनताको बहुदलीय जनवाद (जबज) को बारेमा पार्टीको अगामी महाधिवेशनमा व्यापक छलफल हुने बताए ।

नेकपाले जबज स्वीकार गरिसकेको भन्दै बास्कोटाले भने, ‘तिम्रो आँखा मन पर्यो, हिँडाइ मन पर्याे, बोलीबचन र सोचाइ, अनि काम पनि मन पर्योे । तर तिमी चाहिँ मन परेन भन्यो भने त्यसको के अर्थ लाग्छ ? सबै कुरा मन पर्यो, विचारदेखि दृष्टिकोणसम्म भनेपछि तपाईहरु आफैं भन्नुस्, हामी कुन बाटोमा हिँडेका छौं ?’

नेकपा केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज समेत रहेका मन्त्री बास्कोटाले नेकपाको सिद्धान्त नै शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट अघि बढ्ने र संविधानको सर्वोच्चता मान्ने भएको र पार्टी जीवनमा बहुदलीय जनवादकै अभ्यास गरिसकेपछि त्यसलाई अवलम्बन गर्न लाज मान्नु नपर्ने बताए । उनले भने, ‘पार्टी जीवनमा हामी सबै कुरा त्यही अप्लाई गर्ने, भन्न किन लाज मान्नुपर्ने ?’

उनले अघि भने, ‘अहिले यो बहसहरु पछि गरौं भन्ने भएको छ । यहाँबाट बाहिर जान खोज्यो भने लडिन्छ । नेपालको मूल बाटो भनेको लोकतन्त्र र प्रतिस्पर्धाको बाटो हो । जबजलाई अंगालो हालिसकेपछि लजाउनुपर्ने कुरा छैन । तर पनि यसमा छलफल भइरहेको छ, महाधिवेशनले फैसला गर्ने हो ।’

मदन भण्डारीका पालामा जनताको बहुदलीय जनवाद पारित गर्ने बेलामा पनि समाजमा ठूलो बहस र जनताको समेत राय लिइएको भन्दै महाधिवेशनमा यसबारे वृहत छलफल हुने बताए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);