सर्वोच्च अदालतलको प्रष्टोक्ति : प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सर्वोच्च अदालतलको प्रष्टोक्ति : प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन

SUPREME_COURT

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ ।

मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गरेका हुन् ।

स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको सर्वोच्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्चले सार्वजनिक भएका समाचारमा सत्यता नभएको भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);