'रअ'का प्रमुखले प्रधानमन्त्रीलाई भेटेको भन्ने कुरामा सत्यता छैन : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘रअ’का प्रमुखले प्रधानमन्त्रीलाई भेटेको भन्ने कुरामा सत्यता छैन : सञ्चारमन्त्री

gokul

काठमाडौं, ९ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रअका प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको स्पष्ट पार्नुभएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको भनी आएको समाचारमा सत्यता नभएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो “हामीलाई थाहा छैन । आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्रोटेकलकै आधारमा भेटघाटहरु हुनुपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्री ज्यूले भेट्नुभएको छैन । यो रिउमर क्रेट गर्ने काम नगरौ । क कसले भेट्नुभयो हामीलाई थाहा पनि छैन । भेट्नै हुँदैनथ्यो । हामीलाई त्यस्तो पनि लाग्दैन । तर म दावा साथ भन्छु सम्माननिय प्रधानमन्त्री ज्यूले भेटघाट भए जस्तो, भेटे जस्तो, भेटेकै जस्तो मलाई लाग्दैन ।”

‘दुवै जनाको कता कताको फोटो राखेर भेटघाट भयो र ढाँटियो नि’ भन्ने काम गरिएको भन्दै उहाँले मेनस्ट्रिम मिडिया लाई ‘कुहिरीमण्डलको खेतीमा’ नरुमल्लिन आग्रह गर्नुभयो । रअका प्रमुखले अन्य नेतासंग गरेको भेटघाटका सम्बन्धमा उहाँले अनविज्ञता जनाउनुभयो ।

उहाँले भन्नुभयो “को कस्ले भेटे ? को कस्लाई त्यस्ता भेटघाट गर्ने बानी लाग्या छ ? रअ को प्रमुखलाई भेटेर कोही पनि रअको पक्षधर त हुँदैन होला नि हुन्छ र ? यस्तो लघुताभासी मान्यता पनि नराखौ र प्रधानमन्त्री ज्यूले भेटेको होइन । भेटेकै हो भनेर कसैलाई पुष्टि गर्नु छ भने तथ्य प्रमाण लिएर पुष्टि गर्नुपर्यो । नेपाल सुन्दर देश छ आईरहन्छन नि मान्छेहरु ।”

पुर्व प्रधानमन्त्री लगायतसंग रअका प्रमुखले गरेको भेटघाट कुटनीतिक मर्यादा अनुसार छ त भन्ने पत्रकारको जिज्ञासामा उहाँले भेटबारे नै आफुलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो “म हाजिरी जवाफमा सामेल छैन । मैले डिप्लोमेटिक प्राटोकल अनुरुप भए राम्रो हुन्छ । भनेर भनीसकेँ । भेट्या नभेट्या पनि मलाई थाहा छैन । तपाई आफै त्यसलाई समपुष्टि गर्नुहोस् । मलाई यसमा जस्टिफाई गर्नुपर्ने जरुरी छैन ।” पत्रकार सम्मेलनमा साउन ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु पनि सार्वजनिक गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);