काठमाडौं, १० साउन । ग्लोबल टी २० क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम टोरन्टो नेसनल्स पहिलो खेलमा नै पराजित भएको छ ।
गय राति भएको उद्घाटन खेलमा टोरन्टो साविक विजेता भ्यानकुभर नाइट्ससँग ८ विकेटले पराजित भयो । क्यानडाको ब्राम्पटनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । उसका लागि क्लासिन र रोद्रिगो थोमसले समान ४१–४१ रन बनाए । यस्तै कायरन पोलार्डले ३० तथा म्याक्लोयडले १७ रनको योगदान गरे । युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोका अरु खेलाडीले खासै राम्रो खेल्न सकेनन् । भ्यानकुभरले १७ ओभर दुई बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि ही भान देर डुसेनले ६५ तथा चाडविक वाल्टोनले ५९ रनको योगदान गरे । साथै भिसीले २० रन थपे ।