कपिलवस्तुमा तीन बर्ष यता ८६ जनाको डुबेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कपिलवस्तुमा तीन बर्ष यता ८६ जनाको डुबेर मृत्यु

कोपिला पोखरेल
कपिलवस्तु, ७ साउन । कपिलवस्तुमा विगत तीन बर्ष यता ८६ जनाको विभिन्न नदी, खोला, ताल तलैया, पोखरीहरुमा डुबेर मृत्यु भएको छ । डुवेर मृत्यु हुनेमा पचास प्रतिशत भन्दा धेरै बालबालिका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयको विगत तीन बर्षको तथ्यांकले पनि यस कुराको पुष्टि हुन्छ । तीन बर्ष यता कपिलवस्तुका विभिन्न स्थानमा गरी ५८ जना बालबालिकाको डुबेर मृत्यु भएको छ ।

तथ्यांक अनुसार आ.ब. ७३/७४ मा २० जना बालबालिकाको डुबेर मृत्यु भयो भने ०७४/७५ मा १८ जना बालबालिकाले ज्यान गुमाए । आ.ब. ०७५/७६ मा पनि २० जना बालबालिकाको डुबेर मृत्यु भएको छ । बर्षा याममा डुबेर मृत्यु हुने घटनामा बालबालिका पर्नुमा अभिभावकको बेवास्ता मुख्य कारण रहेको स्वयम कतिपय अभिभावकहरु स्वीकार्नुहुन्छ ।

आफना बालबालिकालाई अन्य समयमा पौडी खेल्न सिकाउने देखि लिएर घर अगाडि भएको ढलहरुलाई ढाकेर भएपनि आईपर्ने दुर्घटना बाट सचेत हुनुपर्ने सुुझाव छ । यसै गरी शिक्षक तुल्सी प्रसाद पौडेलले विद्यालय स्तरबाट पनि यसका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रम ल्याए अभिभावक तथा विद्यार्थीहरुलाई सचेत बनाए अकालमै थुप्रै बालबालिकाको ज्यान जोगिन सक्ने बताउनुहुन्छ ।

विशेष गरि चैतदेखि साउन महिनामा सबै भन्दा बढी बालबालिकाहरु डुबेर मर्ने गरेका छन् । घर नजिकैका कुलो तथा खाडलहरुमा बर्षायाममा पानी जम्मा हुने, नदीहरुमा पानीको सतह बढ्ने भएपनि अभिभावकले बालबालिकालाई रेखदेख नगर्ने, नदीमा नुहाउन जान दिने, गाई वस्तु चराउन पठाउने, बाढीमा दाउरा संकलन गर्न पठाउने लगायतका कारणले बालबालिकाहरुले अकालमै ज्यान गुमाउनुपरेको जटिल अवस्था सार्वजनिक भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);