काठमाडौं, ४ साउन । काठमाडौंको चक्रपथ सफाई अभियान अन्तरगत शनिबार बालाजु चोकदेखि माछा पोखरीसम्मको सफाई गरिएको छ ।
चक्रपथ सफाई अभियानको १सय १औं दिनको अवसर पारेर शनिबार बालाजुदेखि माछा पोखरीसम्मको सफाई गरिएको हो । घरघरबाट सफाई अभियान संचालन गर्नुपर्छ भन्ने सन्देशका साथ चक्रपथ सफाई अभियानलाई निरन्तरता दिइएको अभियन्ताहरुको भनाई छ ।
२०७१ सालबाट सुरु गरिएको सो अभियान अन्र्तगत हालसम्म कलंकीदेखि माछा पोखरीसम्ममा २सय ७८ ट्रक फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ ।




