बाढी जन्य विपत्तीको समाधानको लागि प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री राउत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाढी जन्य विपत्तीको समाधानको लागि प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री राउत

रौतहट, २ साउन । रौतहटको सदमुकाम गौरमा बाढी पीडितहरुलाई राहत वितरणका लागि पुग्नु भएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले पहल गरेर ठोस नीति बनाएर स्थायी रुपमा समस्या समाधानका लागि प्रदेश सरकार र स्थानीय तह समेतको सहभागीतामा काम गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

वर्षेनी आउने समस्याको ठोस समाधानका लागि केन्द्रीय सरकारसंग पनि छलफल भएको र स्थानीय तहहरुको समेत सहभागितामा बाढी जन्य विपत्तीको समाधानको लागि प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री राउत भनाई छ ।

उहाँले जिल्ला प्रशासन कार्यालय रौतहटमा बाढी पीडितहरुलाई राहत वितरण गर्नुभयो । बाढीमा मृत्यु भएका परिवारका सदस्यलाई नेपाल सरकारको तर्फबाट तत्काल एक लाख रुपैँया, खाद्यान्न तथा पाल मुख्यमन्त्री राउतले हस्तारन्तरण गर्नभयो । बाढीमा ज्यान गुमाएका परिवारका सदस्यहरुलाई प्रदेश सरकारले तिन लाख राहत दिने घोषणा यस अघि नै गरि सकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);