सिद्धार्थ राजमार्गमा राखेका बुद्धका मूर्ति तोडफोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिद्धार्थ राजमार्गमा राखेका बुद्धका मूर्ति तोडफोड

बुद्धका मूर्ति तोडफोड

रूपन्देही, २ साउन । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएका छन् । छ लेन सडकको शंकरनगर चोकदेखि नयाँ मिलसम्म रहेका पाँच वटा बुद्धका मूर्तिमा तोडफोड भएको हो ।

तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहीबार बिहान तोडफोड भएको अवस्थामा देखिएको थियो । मूर्ति कसले किन तोडेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको पनि मेयर घिमिरेले जानकारी दिनुभयो ।

लुम्बिनीको झल्को दिनेगरी राखिएका २२ ओटा बुद्धमूर्तिहरुमध्ये छ लेनको सडक बीचमा राखिएको पाँच वटा मूर्तिमा तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले यो निन्दनीय कार्य भएको र यसका लागि अनुसन्धान शुरु भईसकेको बताउनु भएको छ ।

राजमार्ग मै रहेका पाँच वटा मूर्ति कसले र किन तोडफोड गरे भन्ने प्रश्न अहिले गम्भिर बनेको छ भने यसमा ठूलै समूहको सहभागिता रहेको आशंका गरिएको छ । यस सम्बन्धमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);