मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेकाे हाे ।बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए ।पार्कमा रहेका अन्य संरचना भने यथावत रहेकाे  उनले बताए । ‘त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);