विषादी प्रकरणमा जनताको सामु लज्जित हुनु पर्‍यो, म क्षमाप्रार्थी छु : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

विषादी प्रकरणमा जनताको सामु लज्जित हुनु पर्‍यो, म क्षमाप्रार्थी छु : प्रधानमन्त्री ओली

bishadi prakaran-pm oli

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई समेत झुक्याइएको बताउनु भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दुताबासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण आफूले नेपाली जनताको सामू लज्जित हुनु परेको उल्लेख गर्नुभयो ।

उहाँले भारतीय दुतावासबाट आएको पत्रवारे आफूलाई जानकारी नदिएका बिषयमा खोजी गरिने समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालीको भान्सा सुद्ध र खानेकुरा विषादीरहित हुनुपर्ने उद्येश्यले सरकारले जाँच शुरु गरेको भन्दै त्यो कसैका बिरूद्ध नभई नेपालीको खानेकुरामा मात्रै भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उहाँले प्रदेश सरकारलाई स्वतन्त्र सरकारको रुपमा लिइएकोमा आपत्ति जनाउँदै संवैधानिक व्यवस्था अनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहत रहेको बताउनु भयो ।