विप्लव समुहलाई संवैधानिक बाटोमा ल्याउन झलनाथको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

विप्लव समुहलाई संवैधानिक बाटोमा ल्याउन झलनाथको आग्रह

हरेक घटनाको छानबिनका लागि संसदीय समिति गठन हुन सक्दैन

काठमाडौं, २५ असार । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले विप्लव समुहलाई संबैधानिक बाटोमा ल्याउन सरकारसँग आग्रह गर्नु भएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठक अवरुद्ध भएपछि पत्रकारहरुसँगको कुराकानीमा बोल्दै वरिष्ठ नेता खनालले संविधानको विरुद्वमा कुनै पनि दल जान नहुने बताउनु भएको छ । उहाँले संविधानको विरुद्व र हिंसाको विरुद्धमा जाने दललाई शान्तिपूर्ण बाटोमा ल्याउन सरकारलाई आग्रह गर्नु भयो ।

सर्लाही घटनाको विषयलाई लिएर विपक्षी दलले गरेको संसद अवरोधको विषयमा नेकपाका वरिष्ठ नेता खनालले, हरेक घटनाको छानबिनका लागि संसदीय समिति गठन हुन नसक्ने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);