काठमाडौं, २५ असार । विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको हुम्डे विमानस्थलमा नियमित उडानको तयारी गरीएको छ । स्तरोन्नति र मर्मत सम्पन्न भएको करिब ६ वर्षपछि नियमित उडानको तयारी गरिएको हो ।
नेपाल नागरिक उड्डयान प्राधिकरणमा धेरै पटक उडानका लागि अनुरोध गर्दा पनि अहिलेसम्म उडान हुन नसकेको सो विमानस्थलमा असारको अन्तिम साताबाट नियमित उडान सुरु गर्न लागिएको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले बताए । सांसद गुरुङले आगामी असार २० बाट नियमित उडान गर्ने तयारी गरिए पनि प्राविधिक कारणले असार २७ गतेबाट नियमित उडानको तयारी गरिएको बताए । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।