गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाईट) सुरु भएको छ । बिहीबार बेलुकी आएको एरो थाईको विमानबाट यान्त्रिक परीक्षण उडान थालिएको हो । शुक्रबार मध्यान्ह १२ बजे र अपरान्ह ५ बजे यान्त्रिक परीक्षण उडान गरिएको थियो । यो उडान हरेक दिन दुई सिफ्ट सञ्चालन गरिने विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । 

उडानका बेला बिहान १० बजेदेखि ५ बजेसम्म अन्य नियमित उडान भने बन्द गरिएको छ । महाप्रवन्धक दाहालका अनुसार अब प्रत्येक दिन १५ फागुनसम्म क्यालिब्रेशन फ्लाईट हुनेछ । ‘क्यालिब्रेशन फ्लाईटका बेला अन्य नियमित उडानहरु बन्द हुनेछन्,’ उनले भने ।

ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे/नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको दाहालले बताए ।

विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ ।  क्यालिब्रेशन फ्लाईट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिनेछ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाइ तीन हजार मिटर र चौडाइ ६० मिटर छ । एडीबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);