२० लाखको कार आयातमा ६५ लाख कर ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

२० लाखको कार आयातमा ६५ लाख कर !

indian gadi

काठमाडौं, २५ असार । छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई कर बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ । तर, मुलुकको वास्तविकता यही हो । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने भएको हो ।

भन्सार विभागले आगामी आव २०७६÷७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरअनुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि ३ हजार सीसीमाथिका २० लाख रुपैयाँका कार नेपाल ल्याउने क्रममा ८० प्रतिशत भन्सार महसुल, शतप्रतिशतसम्म अन्तःशुल्क, ८ देखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)सहित सो कारमा ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने बाध्यता छ ।

भन्सार विभागका अनुसार २५ सयदेखि ३ हजार सीसीसम्मका २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउने क्रममा भन्सार शुल्क ८० प्रतिशतका दरले १६ लाख रुपैयाँ बुझाउँदा सो कारको मूल्य ३६ लाख रुपैयाँ पुग्छ । यसैगरी, अन्तःशुल्क ९० प्रतिशतले ३२ लाख ४० हजार रुपैयाँ बुझाउनुपर्छ । अन्तःशुल्कपछि त्यो कारको मूल्य ६८ लाख ४० हजार रुपैयाँ पुग्छ । अझै सडक दस्तुर १० प्रतिशतले ६ लाख ८४ हजार रुपैयाँ हुन आउँछ । सडक दस्तुरपछि कारको मूल्य ७५ लाख २४ हजार रुपैयाँ पुग्छ ।

अझै त्यसमा १३ प्रतिशत भ्याटसहितको मूल्य ९ लाख ७८ हजार १२० रुपैयाँ जोड्दा अब भ्याटपछि सो कारको कुल मूल्य ८५ लाख २ हजार १२० रुपैयाँ पुग्छ । जम्मा २० लाखको कारमा यसरी विभिन्न शीर्षक गरी थपिएका करसहित अहिले नेपाली उपभोत्ताले एउटा सवारीसाधन आयात गर्दा यति धेरै कर बुझाउन बाध्य भएको भन्दै गुनासो गर्ने गरेका छन् । उपभोक्ताले त्यति धेरै कर तिरेर महँगोमा विदेशबाट गाडी आयात गर्नुभन्दा स्वदेशमा नै त्यस्ता गाडीको उत्पादन गर्नुपर्ने माग गर्दैै आएका छन् ।

२० लाखको गाडी नेपाल आइपुग्दा कसरी पुग्छ ८५ लाख ? 
–सुरुको मूल्य २० लाख रुपैयाँ 
–भन्सार शुल्क : ८० प्रतिशतले १६ लाख रुपैयाँ थप 
भन्सार शुल्कपछि कारको मूल्य ३६ लाख रुपैयाँ
अन्तःशुल्क ९० प्रतिशतले फेरि ३२ लाख ४० हजार रुपैयाँ थप 
अन्तःशुल्कपछि कारको मूल्य ६८ लाख ४० हजार रुपैयाँ 
सडक दस्तुर १० प्रतिशतले ६ लाख ८४ हजार रुपैयाँ थप 
सडक दस्तुरपछि कारको मूल्य ७५ लाख २४ हजार रुपैयाँ
पुनः भ्याट १३ प्रतिशत ९ लाख ७८ हजार १२० रुपैयाँ
भ्याटपछि कारको मूल्य : ८५ लाख २ हजार १२० रुपैयाँ–सरकारले विभिन्न शीर्षकमा गरी लिने कुल राजस्व ६५ लाख २ हजार १२० रुपैयाँ

यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);