पाँच लाख घुस लिँदै गर्दा नापतौलका तीन कर्मचारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

काठमाडौँ, २२ भदौ । पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा नेपाल नापतौल तथा गुणस्तर विभागका तीन कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई बिहीबार बिहान पक्राउ गरेको हो ।

अख्तियारको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा रु पाँच लाख घुस लिँदै गर्दा ति कर्मचारीलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले बताए।

पक्राउ पर्ने कर्मचारीले ४ सय ५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर प्रतिट्याक्सी रु एक हजार ५०० दरले रु छ लाख ७५ हजार मागेका थिए। बार्गेनिङ गरेर रु पाँच लाख लिँदै गर्दा उनीहरु घुस रकमसहित पक्राउ परेका हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);