ओली–प्रचण्ड बैठकः जुट्यो ‘जनताको जनवाद’ मा सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओली–प्रचण्ड बैठकः जुट्यो ‘जनताको जनवाद’ मा सहमति

oli prachanda

काठमाडौं, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार सहमति जुटेको छ ।

सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन परिमार्जन गरेर जनताको बहुदलीय जनवाद राख्नुपर्ने विषय प्रवेश भएपछि विवाद सुरु भएको थियो । राजनीतिक प्रतिवेदनमा अब ‘जनताको जनवाद’ लेखिनेछ, बीचमा ‘बहुदलीय’ लेखिने छैन ।

पार्टी एकीकरण भएको १३ महिनापछि राजनीतिक प्रतिवेदन प्रकाशित हुन लागेको हो । पार्टीको विधान र नियमावली लगायतका दस्तावेज प्रकाशित भएर कार्यान्वयनमा पुगेपनि विवादकै कारण राजनीतिक प्रतिवेदन प्रकाशित हुन सकेको थिएन ।

पार्टी एकता हुनुपूर्व नै भएको सहमति विथोल्ने गरी सचिवालय बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेले ‘जनताको बहुदलीय जनवाद’ राख्नुपर्ने प्रस्ताव गरेपछि पार्टी्भित्र विवाद सुरु भएको थियो । जनताको बहुदलीय जनवाद एवं जनयुद्धजस्ता शब्द र कतिपय राजनीतिक कार्य्दिशाका विषयमा सहमति जुटेको थिएन । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);