फैसला कार्यान्वयनका लागि सहयोग गर्न सर्वोच्चको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

फैसला कार्यान्वयनका लागि सहयोग गर्न सर्वोच्चको आह्वान

SUPREME_COURT

काठमाडौं, २२ असार । सर्वोच्च अदालतले अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले अदालतको फैसला कार्यान्वयन अपेक्षा अनुसार हुन नसकेको स्विकार गर्दै त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान, नागरिक समाज, सुरक्षा निकाय, स्थानीय सरकार सबैलाई सहयोग गर्न आह्वान गर्नु भएको हो ।

आईतबार काठमाडौंमा आयोजित फैसला कार्यान्वयनसम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले फौजदारी मुद्दाको फैसला कार्यान्वयन अपेक्षित हुन नसकेको भन्दै सबै पक्षको सहकार्यको जरुरी रहेको पनि बताउनु भयो ।

मुख्य रजिष्ट्रार निरौलाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालत भित्र फैसला कार्यान्वयन निर्देशनालय गठन गरेको स्मरण गराउँदै त्यसको कामलाई प्रभावकारी बनाउने काममा पनि सरोकारवाला सबैको सहकार्यबाट मात्रै सम्भव हुने पनि स्पष्ट पार्नु भयो ।

ताजा समाचार