मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको साढे नौ महिनापछि उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको साढे नौ महिनापछि उद्धार

bandhak yuwa

काठमाडौं, २२ असार । राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् ।

सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो । ‘समाचार आएपछि तत्काल दिल्लीस्थित दूतावाससँग समन्वय गर्‍यौँ र उनीहरू बन्धक बनाइएको ठाउँ यकिन गरेपछि सकुशल उद्धार सम्भव भएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले नयाँ पत्रिकासँग भनिन् ।

लहान–१३ सरस्वती गाउँका रवि महतोले मासिक १० हजार रुपैयाँसम्म कमाइ हुने काम दिलाउने आश्वासन दिएर भारत लगेको पीडितले बताएका छन् । उनीहरूसहित नौ किशोरलाई गत १० भदौमा महतोले मुम्बई पुर्‍याएका थिए । मुम्बईनजिकै नगर भन्ने ठाउँमा एक ठेकेदारको जिम्मा लगाएपछि महतो पैसा लिएर फर्किएको पीडित किशोरहरूले बताए । अन्य चारजना भने गत असोजमै भागेर घर फर्किएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);