पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक

Jail-kaid

काठमाडौं, ८ असार । राम्रो काम लगाइदिन्छु भन्ने दलालको पछि लागेर गएका पाँचजना दलित किशोरलाई मुम्बईमा बन्धक बनाइएको छ । सिरहाका दुई, सप्तरीका दुई र उदयपुरका एक किशोरलाई बन्धक बनाइएको हो ।

यसरी बन्धक बनाइएकामा लहान–१५ लग्राहाका राजकुमार सदायका छोरा १६ वर्षीय सरोज सदाय र १४ वर्षीय विजय सदाय, सप्तरी प्रीतमपुरका १५ वर्षीय ललकु सदाय र १४ वर्षीय प्रमोद सदाय तथा उदयपुर गाईघाटका १५ वर्षीय अक्षय सदाय छन् । उनीहरूलाई पछिल्लो नौ महिनादेखि परिवारसँग कुरासमेत गर्न नदिएको मुम्बईमा बन्धक परेर फर्किएकामध्येका ३३ वर्षीय जितन सदायले बताए । मुम्बई पुगेको एक महिनामै भागेर फर्किएका उनी लग्राहाकै हुन् । जितनसहित चारजना असोजमै मुम्बईबाट भागेर घर आइपुगेका थिए । तर, उनीहरूसँगै गएका पाँचजना अझै मुम्बईमै बन्धक छन् ।

उनीहरूलाई मुम्बई पुर्‍याएका थिए, लहान–१३ सरस्वती गाउँका करिब ४० वर्षीय रवि महतोले । महतोले गत १० भदौमा राम्रो काम लगाइदिन्छु भन्दै नौजनालाई मुम्बई लिएर गएका थिए । तर, मुम्बई पुगेपछि महतोले उनीहरूलाई भारतीय दलालको जिम्मा लगाएका थिए । आफू भने मोटो रकम लिएर फर्केका थिए । त्यसयता महतो लहानमै छन् । उनीमाथि उजुरी परे पनि कानुनी कारबाहीको प्रक्रियासमेत सुरु भएको छैन ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);