दलित बस्तीमा दुई सातादेखि ज्वरोको प्रकोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दलित बस्तीमा दुई सातादेखि ज्वरोको प्रकोप

jworo ko prakop

लहान, ९ कात्तिक । सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित दलित बस्तीमा पछिल्लो दुई हप्तादेखि ज्वरोको प्रकोप फैलिएको छ । ज्वरोले १० महिने बालबालिकादेखि वृद्धवृद्धासम्म थलिएका छन् । आफ्नै स्वामित्वको जग्गा नहुँदा ऐलानी र व्यक्तिको निजी जग्गामा बस्दै आएका मुसहर समुदायले चरम गरिबीका कारण उपचारसमेत पाउन सकेको छैन ।

लहानको मुख्य बजारबाट करिब नौ किलोमिटर उत्तर पर्ने ढोढनाको लग्राहा (सिसवनी) गाउँमा ३७ घरधुरीको दलित बस्तीमा करिब ५० जना ज्वरोले थलिएका छन् । स्थानीय सूर्जीदेवी सदायले पछिल्लो नौ दिनदेखि घरमा २३ वर्षीय छोरा देव सदाय, एक वर्षीया नातिनी बेचनी र चार वर्षीय नाति सञ्जय ज्वरोले थला परेको बताइन् । ‘गाउँमा सरसापटी गरेर औषधि उपचार गरायौँ । तर, ज्वरो दोहोरिएको छ,’ उनले भनिन्, ‘पैसा नहुँदा राम्ररी उपचार गराउन सकिएको छैन ।’

तीन महिनादेखि ज्वरोका बिरामी
बस्तीकी ५१ वर्षीया मूर्ति सदाय ज्वरोले तीन महिनादेखि थलिएकी छिन् । वृद्ध पति ६० वर्षीय ननुवा सदायसमेत ज्वरोले थलिएपछि घरको दैनिकी अस्तव्यस्त बनेको उनले बताइन् । ‘गाउँमा सापटी खोजेर एक हप्ताअघि जँचाउन लहान अस्पताल गएकी थिएँ, अस्पतालमा हडताल छ भनेर फर्काइदिए,’ उनले भनिन्, ‘अब त जँचाउन जान अटोरिक्सालाई तिर्ने भाडासमेत छैन ।’

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);