सरकारका गलत कामको सशक्त प्रतिकार गर्ने कांग्रेस युवा नेताको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारका गलत कामको सशक्त प्रतिकार गर्ने कांग्रेस युवा नेताको चेतावनी

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका युवा नेताहरुले संविधान र लोकतन्त्र विरोधी सरकारका कामकारवाहीको सशक्त प्रतिकार गर्दै राष्ट्रहितको पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै युवा नेताहरुले गुट उपगुट र आन्तरिक विवादमा अल्झिदा कांग्रेसले सही ढंगले जनता र राष्ट्रप्रतिको भुमिका निर्वाह गर्न नसकेको भन्दै संगठनलाई सुदृढ बनाई राष्ट्रहितमा एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।

आईतबार देखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकमा पार्टी सुदृढीकरणको साथै लोकतन्त्र र संविधान विपरित सरकारका निर्णयको प्रतिकारका लागि ठोस कार्यनिति बनाउनुपर्नेमा उनीहरुले जोड दिए ।

केन्द्रीय सदस्य धनराज गुरुङले सरकार देश र जनताका लागि नभई छिमकी राष्ट्रलाई खुसी बनाउन लागि परेकाले मुलुकको अस्मिता, राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि कांग्रेस टुलुटुलु हेरेर बस्न नहुने धारणा राख्नुभयो ।

केन्द्रीय सदस्य शंकर भण्डारीले दुई तिहाईको बलमा सरकारले लोकतान्त्रिक विधी, पद्धती , संस्कृति, राष्ट्रिय एकता र सद्भाव विरुद्ध राष्ट्रिय स्वाधिनतालाई उपहास गर्ने काम गरेकाले राष्ट्रिय स्वाधिनता र अखण्डताको पक्षमा काग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भारतबाट आयातित तरकारी तथा फलफुलको विषाधी परीक्षण नगर्ने सरकारको निर्णय दुर्भाग्यपुर्ण भएको भन्दै खेद व्यक्त गर्नुभयो ।

नेताहरु रामकृष्ण यादव र श्याम घिमिरेले संविधान अनुसार वडा देखि क्षेत्रिय समिति सम्मलाई पुर्णता दिएर महाधिवेशनमा गई पार्टीलाई शसक्त र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । नेता धनराज गुरुङले पार्टी नेतृत्वले त्याग र सदाचारको मार्गदर्शन भुलेकाले युवाहरु नेतृत्वका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । आईतबार देखि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु हुँदैछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);