नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियाबादीहरु षड्यन्त्रमा : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियाबादीहरु षड्यन्त्रमा : प्रचण्ड

पुष्पकमल दाहाल

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियाबादीहरुले विभिन्न षड्यन्त्र गरिरहेको बताउनु भएको छ ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । शुक्रबार समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीका प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उहाँले नेपालको शान्ति प्रक्रिया संसारकै सफल मध्य एक भए पनि यसलाई भाँड्न केही मानिसहरु युरोपलगायतका संसारमा विभिन्न मुलुकमा घुमाउने काम भईरहेको दावी पनि गर्नु भयो ।

अध्यक्ष दाहालले बाबुराम भट्टराई, मोहन बैद्य, चित्रबहादुर केसीलगायतका नेताहरुलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गर्नु भयो । मोहन विक्रम सिंह, मोहन बैद्यलगायतका पूराना नेताहरुको बुद्धि मुलुकको हितका लागि, कम्युनिष्ट एकताका लागि लगाउन आफ्नो पार्टीमा समाहित भएर जानैपर्ने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले बाबुराम भट्टराईको बौद्धिकताको सदुपयोग आफ्नो पार्टीमा आएपछि मात्रै हुने दावी गर्नु भयो । बैद्यलगायतका पूराना नेताहरु आफ्नो पार्टीमा आए उचित सम्मान दिने पनि अध्यक्ष दाहालले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);