विश्वभाषा क्याम्पसमा बल्ल सुरु हुँदै छ ‘एकेडेमिक डिग्री’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वभाषा क्याम्पसमा बल्ल सुरु हुँदै छ ‘एकेडेमिक डिग्री’

bishwa bhasa clz

काठमाडौं, १९ असार । भाषा मात्रै पढाउँदै आएको विश्वभाषा क्याम्पसमा एकेडेमिक कोर्स सञ्चालन हुने भएको छ । स्थापनाको ५८ वर्षपछि विभिन्न भाषासँग जोडेर क्याम्पसले स्नातक तहको कार्यक्रम सञ्चालन गर्न लागेको हो । नेपाली विद्यार्थीले समेत अध्ययन गर्न पाउने गरी यो कार्यक्रम त्रिविको विद्यापरिषद्ले स्वीकृत गरेको छ ।

विश्वभाषा क्याम्पसका प्रमुख भीमनाथ रेग्मीले आगामी सेप्टेम्बरबाट पहिलोपटक नेपाली विद्यार्थीका लागि स्नातक तहमा भर्ना लिने तयारी भएको बताए । प्राज्ञिक परिषद्बाट पारित भएपछि कार्यक्रम सुरु हुने उनको भनाइ छ । अघिल्लो वर्ष विदेशीका लागि नेपाली भाषामा स्नातक तहको कार्यक्रम सुरु भएको थियो ।

प्राज्ञिक मान्यता नहुँदा विश्वभाषा क्याम्पसमा तीन वर्ष अध्ययन गरे पनि उनीहरूले कुनै पनि सेवामा अवसर नपाउने भएकाले एकेडेमिक डिग्री सुरु गरेको रेग्मीले बताए । ‘विश्वभाषा क्याम्पसमा धेरैले भाषा पढे, तर त्यो भ्यालिड भएन,’ उनले भने, ‘क्याम्पसलाई माथिल्लो स्तरमा पुर्‍याउन र एकेडेमिक डिग्री पाउँदा विद्यार्थीलाई अवसर धेरै हुने भएकाले यस्तो प्रयास गरेका हौँ ।’ विश्वभाषामा स्नातक गरेका विद्यार्थीलाई स्नातकोत्तर तहको कार्यक्रममा भर्नाका लागि समेत बाटो खुल्नेछ । ‘भाषा पढेर कोही टुरिस्ट गाइड बने, कतिले धेरै सम्पत्ति पनि कमाए, तर यसको प्रमाणपत्रले मान्यता पाएको थिएन,’ उनले भने, ‘तीन–चार वर्ष पढे पनि अहिलेसम्म तालिम दिने संस्थाजस्तै भएको थियो ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);