त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा

Tribhuvan-International-Airport-aviationnepal

प्रमिला भण्डारी

काठमाडौं, १७ असार । धावन मार्गको मर्मत सम्भारसंगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको छ । धावन मार्गको पिच मर्मत संभारमा ३ अर्ब ७८ करोड खर्च गरिएको छ । यति ठूलो लगानीमा मर्मत सम्मभार गरे पनि विमानस्थल संचालन भने केही समयको लागि मात्र २१ घण्टा हुनेछ । वर्षातको समय सुरु भएपछि धावन मार्ग निर्माणको काम केही बाँकी भएकोले पूरै समय संचालनमा ल्याउन कठिनाइ भएको हो।

विमानस्थल असार १६ गतेबाट दैनिक २१ घण्टा सञ्चालन भएको हो । मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किने गरेकोले जहाज उडान र अवतरणमा समस्या हुँदै आएको थियो ।

विशेष गरि यो समस्या वर्षायाममा बढी देखिने गरेको थियो । समस्या समाधानका लागी विमानस्थल सञ्चालनको समय घटाएर धावनमार्ग निर्माण गर्न थालियो । तर धावनमार्ग निर्माणको केहि काम अझै बाँकि रहेको छ ।

यस्तो अवस्थामा वर्षायाम सुरु भएकोले निर्माण कार्य रोकेर विमानस्थल सञ्चालनको समय थप गरिएको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जानकारी दिएको छ ।

विमानस्थल सञ्चालनको समय थप हुँदा उडानमा सहज भएको छ । तर वरपरका बासीन्दालाई भने रातको समयमा उडान हुँदा केहि असर पर्ने भए पनि अहिले तत्काल यसको विकल्प नभएको आयोजनाले जनाएको छ ।

रातको समयमा अन्तराष्ट्रिय उडान मात्र हुने गरेको छ । सन् १९७५ मा निर्माण गरिएको विमानस्थलको धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलो पटक सबै कालोपत्र परिवर्तन गरेर निर्माण गरिएको हो ।

विमानस्थलबाट हाल सय भन्दा बढी अन्तराष्ट्रियसहित दैनिक सरदर चार सय उडान हुने गरेका छन् । धावनमार्गको मर्मतपछि सुरक्षित उडान तथा अवतरणमा सहज हुनुको साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);