एनसेलले दियो इन्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति वापत २५ लाख | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

एनसेलले दियो इन्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति वापत २५ लाख

क्याम्पसका २५ जना उत्कृष्ट विद्यार्थीले जनही एक लाख रुपैयाँका दरले छात्रवृत्ति पाए

काठमाडौं, १७ असार । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले इन्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति वापत २५ लाख रुपैयाँ दिएको छ ।

एनसेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विभिन्न विषयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार ललितपुरमा एक कार्यक्रम गरी छात्रवृत्ति रकम वितरण गरेको हो । क्याम्पसका २५ जना उत्कृष्ट विद्यार्थीले जनही एक लाख रुपैयाँका दरले छात्रवृत्ति पाएका छन् ।

इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, सिभिल, यांत्रिक र कम्प्युटर इन्जिनियरिङ गरी पाँच विषयमा स्नातक तहका विभिन्न वर्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको एनसेलले जनाएको छ ।