सरकारले संविधानको स्थापित प्रावधानलाई उल्ट्याउने प्रयास गरेको खाँडको आरोप | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सरकारले संविधानको स्थापित प्रावधानलाई उल्ट्याउने प्रयास गरेको खाँडको आरोप

balkrishna khad

काठमाडौं, १६ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्टयाउने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ ।

प्रमुख सचेतक खाँडले विधेयकको माध्यामबाट संविधानको प्रावधानलाई उल्टयाउने काम सरकारले गरिरहेको प्रमुख दावी छ । ६१ औं संसद दिवसको अवसर पारेर पूर्व सांसद मंच, नेपाल र संघीय संसद सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संसदीय लोकतन्त्रप्रति विश्वास गर्न पनि सबैलाई आग्रह गर्नु भयो ।

‘संसदीय लोकतन्त्रले मात्रै मुलुकमा शान्ति र समृद्धि ल्याउने भएकाले त्यसप्रति विश्वास गरेर अघि बढ्न म सबैलाई आग्रह गर्दछु, प्रमुख सचेतक खाँडको भनाई थियो, ‘मुलुकमा द्वन्द्वको व्यवस्थापन गर्न पनि संसदीय लोकतन्त्रमा मात्रै सम्भव छ ।’

प्रमुख सचेतक खाँडले जनतालाई शान्तिपूर्ण ढंगले जीउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);