संंविधान विपरितका विधेयक अघि बढाउन नदिने कांग्रेसको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

संंविधान विपरितका विधेयक अघि बढाउन नदिने कांग्रेसको चेतावनी

balkrishna khad

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सील विधेयक संंविधानको भावना विपरित आएको भन्दै त्यसलाई अघि बढ्न नदिने उल्लेख गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयकहरु संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने बताउनुभयो । खाँडले संविधानको रक्षा गर्न नेपाली काँग्रेसलाई प्रधानमन्त्री केपी शर्मा ओली आफैले सडकमा जान बाध्य बनाएको दावी पनि गर्नु भयो ।

प्रमुख सचेतक खाँणले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओलीले बाईडबडी विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीको संलग्नता नरहेको दावी गरेर भ्रष्टाचारलाई प्र्रश्रय दिएको आरोप समेत लगाउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);