उपराष्ट्रपति पुन आइतवार अष्ट्रिया प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

उपराष्ट्रपति पुन आइतवार अष्ट्रिया प्रस्थान

nandabahadur pun

काठमाडौं, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गर्नु भएको छ ।

उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘जलवायू परिवर्तन सम्बन्धि अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आईतबार बिहान त्यसतर्फ प्रस्थान गर्नु भएको हो । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवाष नेम्वाङ, सरकारका मन्त्रीहरु लगायतले विदाई गर्नु भएको थियो ।

उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धि अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ । त्यसैगरी उहाँले अष्ट्रिया भ्रमणको क्रममा जेष्ठ १५ गते अष्ट्रियाको इन्सबु्रकमा आयोजना हुने अन्तराष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागी हुनुहुने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पुन जेष्ठ १८ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);