'भूमिहिनलाई लालपूर्जा वितरणका लागि कानुनी व्यवस्था होस्' | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

‘भूमिहिनलाई लालपूर्जा वितरणका लागि कानुनी व्यवस्था होस्’

rashtriya_sabha

काठमाडौं, १५ असार । राष्ट्रिय सभाका सांसदहरुले भूमिहिनलाई लालपूर्जा वितरणका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभाको आईतबारको बैठकमा विभिन्न मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ नेकपाका सांसद भैरवसुन्दर श्रेष्ठले भूमिहिनलाई लालपूर्जा वितरणका लागि आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसंग माग गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद प्रकाश पन्तले भूमिहिनलाई जग्गा उपलब्ध गराउने काम अझै हुन नसकेको भन्दै सरकारको आलोचना गर्नु भयो । उहाँले मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन भइरहेको ढिलाइप्रति सरकारको ध्यानकर्षण गराउनुभयो ।

बैठकमा सत्तारुढ नेकपाकी सांसद दिलकुमारी रावलले सहकारी संस्थालाई व्यवस्थित रुपमा परिचालन गर्न सरकारलाई सुझाव दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);