इटहरी उपमहानगरका मेयर चौधरीलाई कार्वाही गर्न सांसदहरुकाे माग | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

इटहरी उपमहानगरका मेयर चौधरीलाई कार्वाही गर्न सांसदहरुकाे माग

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी

काठमाडौं, १३ असार । सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका मेयर चौधरीमाथि तत्काल कार्वाही गर्न सरकारसँग माग गर्नु भएको हो ।

नेपाली काँग्रेसका कोषाध्यक्ष समेत रहनु भएकी यादवले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी घृणित अभिव्यक्ति दिँदा पनि सरकारले कार्वाही नगरेकोमा आपत्ति जनाउनु भयो ।

त्यसैगरी सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले महिलामाथि अशिष्ट र अपराध हुने गरी सार्वजनिक अभिव्यक्ति दिने मेयर चौधरीमाथि तत्काल कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

काँग्रेस सांसद लक्ष्मी परियारले पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिने, महिलाहरुमाथि अपमान हुने गरी अभिव्यक्ति दिँदै आएका मेयर चौधरीलाई तत्काल कार्वाही गर्न सरकारलाई सचेत गराउनु भयो ।

यस अघि प्रतिनिधिसभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौंधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);