नेताहरुबीच सहमती नजुटेपछि केन्द्रिय सदस्यको कार्यबिभाजन टुंगो लागेन
काठमाडौं, ७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिवार बसेको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यको कार्यबिभनजन टुंग्याउने भनिएता पनि नेताहरुबीच सहमती नजुटेपछि बैठक बिना निष्कर्ष सकिएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । शनिवारको बैठकक बिना निष्कर्ष टुंगिएपछि अर्काे बैठक कहिले बस्ने भन्ने टुंगो लगाउन सकेन ।
यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्यबिभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटक÷पटक बैठक बसे पनि टुङग्याउन सकेको छैन ।