कञ्चनपुरका तत्कालीन एसपीसहित चार प्रहरीविरुद्ध जाहेरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कञ्चनपुरका तत्कालीन एसपीसहित चार प्रहरीविरुद्ध जाहेरी

nirmala panta

कञ्चनपुर, ५ असार । ११ महिना अगाडी कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै कञ्चनपुरका तत्कालीन एसपीसहित चार जना प्रहरीविरुद्ध जाहेरी दिइएको छ ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भीमदत्तनगर–१८ सालघारीका विशाल चौधरीले तत्कालीन एसपी कुबेर कडायत, तत्कालीन डीएसपी कृष्णराज ओझा लगायत अन्य दुई जना प्रहरी विरुद्ध यातना कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिहीबार जाहेरी दिएका छन्।

अनुसन्धानको क्रममा प्रहरीले आफूहरुलाई आँखामा पट्टी बाँधेर कुटपिट गरेको र यातना दिएर अपराध कबुल गर्न लगाएकोे प्रहरीविरुद्ध जाहेरी दिएको विशाल चौधरीले बताए ।

निर्मला हत्या प्रकरणमा काठमाडौँबाट पक्राउ परेका प्रदीप रावलको बयानपछि विशाल गत मंसिर १९ गते कञ्चनपुरको सालघारीबाट पक्राउ परेका थिए । दुवैलाई छुट्टाछुट्टै बयानपछि संयुक्त बयानका लागि महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोमै राखेर प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितको टोलीले बयान लिएको थियो । डिएनए रिपोर्ट नमिले पछि उनीहरुलाई प्रहरीले छाडेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);