निर्मला हत्याकाण्ड : चार प्रहरीविरुद्ध यातनाको उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्मला हत्याकाण्ड : चार प्रहरीविरुद्ध यातनाको उजुरी

nirmala ra yagya

काठमाडौं, ६ असार । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्त हत्याकाण्ड प्रकरणमा पक्राउ परेका विशाल चौधरीले चार प्रहरीविरुद्ध यातना दिएको उजुरी दिएका छन् । भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय चौधरीले याताना दिएको भन्दै तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुखसहित चार  प्रहरीविरुद्ध यातना कसुरमा उजुरी दिएका हुन् ।

बिहीबार चौधरीले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष्ण राज ओझासहित चार जनालाई उजुरी दिएका हुन् । उजुरीमा दुई प्रहरीको नाम खुलाइएको छैन । विशालका बुवा वीरबहादुरको रहोबरमा यातानासम्बन्धी उजुरी दिएका हुन् ।

गत १९ मंसिरमा पक्राउ परेका विशाललाई दोस्रो दिन काठमाठौं पठाएको थियो । १८ मंसिरमा काठमाडौंबाट पक्राउ परेका प्रदीप रावलको बयानका आधारमा उनलाई पक्राउ गरिएको थियो । उनी १८ दिनसम्म हिरासतमा रहेका थिए । उतिबेला अपराध स्वीकार गरेका रावल र विशालले छुटेपछि डरले स्वीकार गरेको बताउँदै आएका छन् ।

प्रहरी हिरासतबाट छुटेको ६ महिनापछि उनले अधिकारकर्मीको सहयोगमा यातनाविरुद्धको उजुरी दिएका छन् । यसअघि यातना र प्रमाण नष्ट गरेको भन्दै आठ प्रहरीविरुद्ध दिएको मुद्दा आदालतमा पुगेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);