आज गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै विशाल जुलुस प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै विशाल जुलुस प्रदर्शन

guthi julus

काठमाडौं, ४ असार । गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा आज पनि विशाल जुलुस प्रदर्शन भएको छ ।

सरकारले गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने उनीहरुको माग छ । यही माग राखेर राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्‍याली निकालेका छन् । त्रिपुरेश्वर, थापाथली हुँदै अघि बढेको र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा मिसिएको छ ।

गुठी विधेयक विरुद्धको प्रदर्शनपछि अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);