राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धनका युवा सडकमा, आज माइतीघरमा विरोध र्‍याली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धनका युवा सडकमा, आज माइतीघरमा विरोध र्‍याली

काठमाडौं । सत्ता गठबन्धनका युवा संघसंगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकालेको थियो ।

लगत्तै गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू विरोधमा उत्रिएका हुन् ।

संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ । राष्ट्रपतिको कदमविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्‍याली गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);