ईरान र अमेरिकाबीचको तनाव बढ्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०८१, शनिबार

ईरान र अमेरिकाबीचको तनाव बढ्दै

अमेरिकाले मध्यपूर्वमा थप १ हजार सैनिक तैनाथ गर्ने

काठमाडौं, ३ असार । इरानसँगको तनाव बढ्दै गएपछि अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने भएको छ । अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक शानाहनले इरानी सेनाको प्रतिकूल व्यवहारका कारण मध्यपूर्वमा अमेरिकी सैनिकको तैनाथी बढाउने निर्णय गरिएको बताएका छन् ।

अमेरिकी जल सेना (नेभी) ले हालै ओमानको खाडीमा भएको तेलका दुई ट्यांकरमाथिको आक्रमणसँग सम्बन्धित केही नयाँ तस्वीरसमेत सार्वजनिक गरेको छ । तस्वीरमा आक्रमणमा परेको जापानी ट्यांकरबाट बाँकी रहेका बिस्फोटक पदार्थ इरानी सेनाले साना डुंगामा ओसारेको देखिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन।

ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर, त्यसलाई इरानले अस्वीकार गर्दै आएको छ । अमेरीका र इरानबीचको बिवादले मध्यपूर्वमा तनाव चर्किदै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);