वन विधेयकका सम्बन्धमा विज्ञहरुसँग छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वन विधेयकका सम्बन्धमा विज्ञहरुसँग छलफल

काठमाडौं, ३ असार । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन विधेयकका सम्बन्धमा विज्ञहरुसँग छलफल गरेको छ । समितिको मंगलबारको बैठकमा वन विधेयकका सम्बन्धमा विज्ञहरुसँग छलफल गरिएको हो ।

छलफलमा भाग लिदै वन विज्ञ डा. कृष्णचन्द्र पौडेलले वन क्षेत्रमा वन विनाश हुने गरी उद्योग स्थापना गर्ने अनुमति नदिन सरकारलाई सुझाव दिनु भयो । उहाँले वन क्षेत्रमा उद्योग स्थापना भए वन तथा वातावरण दुवै विनाश हुनेतर्फ पनि सरकार र संघीय संसदलाई सचेत गराउनु भयो ।

वातावरणविद् कृष्ण ज्ञवालीले विकास र वातावरणलाई सन्तुलित ढंगले अघि बढाउने गरी वन सम्बन्धि कानुनी व्यवस्था गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । वन क्षेत्रमा हुने पूर्वाधार विकासको कामले समेत वातावरणमा प्रतिकूल असर परिरहेकाले त्यस्तो अवस्था आउन नदिने गरी कानूनी व्यवस्था गर्न सरकारलाई उहाँको सुझाव छ । वन विज्ञहरुले वनको व्यवस्थापन गर्दा त्यहाँको पशुपंक्षी तथा जीवहरुको सुरक्षामा पनि विशेष ध्यान दिन सरकारलाई सचेत गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);