सदन अवरोध गरेर प्रतिपक्षीले गलत गर्‍यो : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सदन अवरोध गरेर प्रतिपक्षीले गलत गर्‍यो : नेपाल

madhav nepal

काठमाडौं, ३ असार । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत गरेको टिप्पणी गर्नुभयो ।

संघीय संसद् भवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिंदै नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत ससदीय नजिर बसाल्न खोजेको बताउनुभएको छ । प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उहाँको कुरा सुन्नुपर्नेमा अवरोध श्रृजना गर्नु नाजायज भएको उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो । प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ । त्यसपछि प्रतिपक्षीले बोल्ने कुराको सन्दर्भमा बोल्न पाउनुपर्छ । सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ ।”

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);