प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्ने

kp oli

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्नुहुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

नेपाली कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन भन्दा अघि आफ्ना दलका नेताले बोल्न पाउनुपर्ने भन्दै बैठकमा अवरोध गरेपछि सम्बोधन गर्ने कार्यक्रम प्रभावित भएको थियो । कांग्रेसले प्रधानमन्त्रीले भन्दा आफुहरुले पहिला समय मागेको र प्रतिपक्षी दललाई पहिला समय उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको दाबी गरेको छ ।

यसैबीच पत्रकार सम्मेलन अघि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शीर्ष नेताहरुसंग परामर्श गर्नुभएको छ । प्रधानमन्त्रीले मंगलबार संसदमा भएको घटना, प्रतिपक्षी दलले केही समय अघि देखि उठाउँदै आएका विभिन्न विधेयक लगायतका एजेण्डा, युरोप भ्रमणका क्रममा गुठी विधेयकलाई लिएर सदन देखि सडकसम्म भएको विरोध लगायत विषयमा नेताहरुसंग परामर्श गर्नुभएको हो ।

प्रतिनिधिसभाको बैठक स्थगित भए लगत्तै नेताहरुसंग परामर्श गर्नका लागि उहाँ सिंहदरबारस्थित संसदीय दलको कार्यालय आउनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);