वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रवार बसेको बैठकले वन पैदावारको व्यवस्थित उपयोगका लागि भएका कानूनहरुलाई समसायिक बनाउन निर्देशन दिएको हो । समिति सभापती प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरु बनाउन र कानूनहरु समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताउनु भयो । उहाँले जलवायु परिवर्तन र यसले पु¥याएको असर तथा प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

सभापति पन्थले भन्नुभयो, ‘जलवायु परीवर्तन यसले पु¥याएको असर र प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्नुपर्ने देखियो । संघ, प्रदेश र स्थानीय तहको सरकारलार्ई अझै बलियो र प्रभावकारिता बनाउनुपर्ने छलफलको निस्कर्र्ष रह्यो । वन संरक्षणमा भएको प्रगतिसँगै यसको सदुपयोग गर्ने कुरा कार्बन व्यापारबाट प्राप्त हुने सहयोगहरु सम्बन्धित क्षेत्रमा नै खर्च गर्र्नुपर्ने देखिन्छ । नेपालका मुद्दालाई विश्वसामु बलियो रुपमा उठाउनुुपर्ने देखिन्छ । जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीतिहरु बनाउने र कानूनहरु समसामयिक बनाउनुपर्ने सुझाव दिएको छ । अन्तरमन्त्रालय समन्वयको अभाव देखिएको छ । ’

सभापति पन्थले विश्व जलवायु सम्मेलनमा नेपालले प्रभावकारी तवरबाट सहभागी हुनेगरी मुद्दाहरु विश्वसामु उठाउन र आपसी सहयोग गरी तयारी गर्न वन मन्त्रालयलार्ई निर्देशन दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);