लिङदेनको खुलासा– गठबन्धनले बालुवाटार प्रकरण सामसुम पार्ने निर्णय गरेको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

लिङदेनको खुलासा– गठबन्धनले बालुवाटार प्रकरण सामसुम पार्ने निर्णय गरेको छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गर्नुभएको छ ।

शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताउनु भयो ।

उहाँले सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचार बिरुद्धका काकम गरेँ भनेर दंगा पिटेको बताउनु भयो । उहाँले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गर्नुभयो । उहाँले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताउनु भयो ।

उहाँले नेपाल आज शक्ति देशको प्रतिष्पर्धा स्थल बनिरहेको बताउनु भयो । उहाँले सरकार एकातिर भ्रष्टाचारबिरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताउनु भयो ।

अध्यक्ष लिङदेनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);