अब सरकारका अरिङ्गालमात्र सुरक्षित रहन्छन् : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

अब सरकारका अरिङ्गालमात्र सुरक्षित रहन्छन् : गगन थापा

gagan thapa

काठमाडौं, १ असार । प्रतिनिधि सभाको आइतवारको बिशेष र सुन्य समयमा बोल्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सरकारले गुठी विधेयक मार्फत नेपाल र नेपालीको संस्कृतिमाथि प्रहार गरेको आरोप लगाएका छन् ।

कांग्रेस सांसद गगन थापाले सरकारले संविधान विपरित ल्याएका विधेयक बहुमतको बलमा पारित भए कोही पनि सुरक्षित नहुने भन्दै त्यसबिरुद्ध जनमत निर्माणमा जुट्न सबैसंग आग्रह गर्नुभयो । त्यसैगरी सत्ता पक्षका सांसद बिरोध खतिवडाले बिधेयकका बारेमा छलफलबाटै समस्या समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।

आइतबारको प्रतिनिधी सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले चलचित्र समालोचक प्रनेश गौतम, धर्म संस्कृतिको संरक्षणको माग गर्ने गुठीयारहरुलाई गरेको जस्तै व्यवहार सरकारले जोसुकैलाई पनि गर्न सक्ने भन्दै सरकारले संबिधान विधेयक ल्याएका विधेयकविरुद्ध जनमत निर्माणमा जुट्न सबैसग अपिल गर्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले सरकारले किसानको नाममा धर्म , संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता पोस्ने प्रयत्न गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले गुठी विधेयकका सवालमा आफ्नो शक्ति देखाउने प्रयत्न गरे सरकार स्वंयमलाई त्यसले नोक्सानी पुर्याउने चेतावनी दिनुभयो ।

बैठकमा विपक्षी दलका सांसद मात्र नभएर सत्तापक्षकै सांसदले पनि गुठी विद्येयकको विषयम गम्भिर हुनुपर्ने बताएका थिए । नेकपाका सांसद विरोध खतिवडाले गुठी विधेयकलाई लिएर गुठीयार र सरकारबीचको दुरी फराकिलो बन्दै गएकाले वार्ताका लागि निर्णायक भुमिका निर्वाह गर्न सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराउनुभएको हो ।

त्यस्तै नेकपाकी सांसद शान्ता चौधरीले भने गुठी विधेयकको बचाउ गर्नुभएको थियो चौधरीले विधेयक संबिधान अनुरुप आएको दाबी गर्नुभयो ।

बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद शाहले तराइ आन्दोलको छानबिन गर्न गठित सर्बाेच्च अदालतका पूर्व न्यायाधीस गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिनिधि सभाको आइतवारको शून्य र बिशेष समयमा बोल्ने अन्य सांसदले पनि गुठी बिधेयक संबिधान सम्मत नभएको लगायतका बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);