बाँचुन्जेल नेता ! | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

बाँचुन्जेल नेता !

bachunjel neta

काठमाडौं, ३२ जेठ । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए। उनी यसै साता नेकपा (मसाल) को महासचिवमा चयन भएका छन्। काठमाडौं थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौं महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो।

सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन्। त्यसयताको ४४ वर्ष (एक वर्ष आन्तरिक कारबाही) सिंह निरन्तर शीर्ष नेतृत्व (महासचिव पद) मा छन्। उनी ०५७/०५८ सालमा केही समय कारबाहीमा पर्दा मात्र नेतृत्वमा रहेनन्।

सिंहलाई महाधिवेशनमा पार्टीभित्र टक्कर दिने नेतै देखिएनन्। अन्य केही नेताले भित्री आकांक्षा देखाए पनि सिंहसामु नेतृत्वको दाबी गर्ने हिम्मत कसैले गरेनन्। यसरी सिंह पाँचौंपटक महामन्त्री भए।

सिंह त उदाहरण मात्र हुन्। नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने धेरै नेता छन्। कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र माले महासचिव सीपी मैनाली वामपन्थी राजनीतिमा लामै समयदेखि नेतृत्वमा छन्। यस्तै समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीमा कब्जा जमाएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);